krishna-bhakta-maharjan-hongkong-1काठमाडौ। विगत १६ बर्षदेखि हंगकंगमा कार्यरत नेपाली उस्ताद कृष्णभक्त महर्जनको गायन रहेको नेपालभाषाको गीत ह्याङ्गगु मल्टा चर्चाको शिखरमा रहेको छ। मीठो स्वरका धनी उस्ताद महर्जनको ह्याङ्गगु मल्टा बोलको गीत युट्युवबाट वल्र्डवाइड रिलिज भएयता स्वदेश तथा विदेश सवैतिर यसै गीतको चर्चा–परिचर्चा चल्न थालेको छ।

krishna-bhakta-maharjan-hongkong-2गीतको बोल तथा भिडियोवाट नेपालको पर्यटकीय स्थानको परिचय दिने प्रमुख उदेश्य बोकेका उस्ताद महर्जनले ह्याङ्गगु मल्टामा काठमाडौ उपत्यकाको परम्परागत कला तथा संस्कृति र सम्पदाहरुको परिचय दिने कोशिश गरेका छन्। यसले गर्दा पनि गैरनेपालभाषी दर्शकहरु समेत यस गीतको बोल तथा भिडियोवाट निक्कै आकर्षित बनेका छन्। यसै गीतको व्यापक प्रशंशावाट हौसिएका उस्ताद महर्जनले अर्को गीतको भिडियो तयार पार्ने अन्तिम चरणमा पुगेका छन्। लगभग शुटिङ्ग सकिसकेको यन्ह्याँ पुन्हीया बोलको गीतले इन्द्रजात्राको रौनकतालाई भिडियोमा जस्ताको तस्तै प्रस्तुत गर्ने कोशिश गरेको उस्ताद महर्जनले बताएका छन्।

krishna-bhakta-maharjan-hongkong-5ललितपुर सुनाकोठीका उस्ताद महर्जनको नेपाली सांगीतिक क्षेत्रमा लागेको पनि लगभग ३० बर्ष पुग्न लागिसकेको छ। यस अवधिमा उस्ताद महर्जनले सयौ नेपाली तथा नेपालभाषाका गीतहरुमा संगीत दिने तथा गाउने कार्य गरेर नजानिदो किसिमले रेकर्ड कायम गरिसकेका छन्। उस्ताद महर्जनको गायिका छोरी सोनम महर्जनको नेपाली छोरी नामक एल्बममा पनि उस्ताद महर्जनको गीत तथा संगीत रहेको छ। जुन एल्वम हंगकंगकै नमूना एल्वम सफल मानिएको छ।

krishna-bhakta-maharjan-hongkong-6हंगकंग प्रवासमा बसेर नेपाल र नेपालीको भावनालाई गीतको माध्यमवाट जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य उस्ताद महर्जनवाट भैरहेको छ। छोरा स्वदेश महर्जनको पनि गीत–संगीतमा रुचि भएकोले गौरबताका साथ उस्ताद महर्जन सव परिवार संगीतमा नै लागेको बताउंछन्।

krishna-bhakta-maharjan-hongkong-4हंगकंगमा पनि उस्तादकै रुपमा कार्यरत महर्जन त्यहाँ हुने प्राय सवै कार्यक्रमहरुमा सांगीतिक प्रस्तोता बन्दैआएका छन्। नेपालवाट आउने बरिष्ठ देखि कनिष्ठ गायक–गायिकाका कार्यक्रमहरुमा पनि उस्तादको रुपमा महर्जनले नै काम गर्दैआएका छन्। यसले गर्दा पनि हंगकंगमा उस्ताद महर्जन सवैको प्रिय उस्ताद बनेका छन्।

प्रस्तुत छ–उस्ताद कृष्णभक्त महर्जनको अत्यन्त चर्चित नेपालभाषाको गीत ह्याङ्गगु मल्टाको चर्चित भिडियो

https://www.youtube.com/watch?v=QyzvfmH5YbQ

प्रकाशन मिति–२०७३ साल भदौ ३० गते विहीवार ।