Nepali Chhori- Singer Sonam Maharjan in Hongkong.
Nepali Chhori- Singer Sonam Maharjan in Hongkong.

काठमाडौ। नेपाली छोरी उपनामवाट हाल निक्कै चर्चामा आएकी गायिका सोनम महर्जनको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

sonam-maharjans-song-video-2

हंगकंगमा रहेकी गायिका महर्जनको सुमधुर गायन रहेको कसरी भुलु कसरी विर्सु जीवनमा व्यथा बोलको मर्मस्पर्शी गीत युट्युब मार्फत वल्र्डवाइड रिलिज गरिएको छ। निरञ्जन महर्जनको शव्द तथा संगीत र भुपेन्द्र रायमाझीको म्युजिक एरेन्ज रहेको उक्त गीतको भिडियोको निर्देशन शैलेन्द्र खोखलीले गरेका छन्।

sonam-maharjans-song-video-4

छायाँकन बसन्त महर्जनको रहेको छ। स्नेरिती र अमृतको अभिनय रहेको छ। जसमा गायिका सोनम महर्जनको अभिनय रहेको छैन्। केवल गायिका महर्जनको गायन मात्र रहेको छ। यसलाई नयाँ प्रयोगका रुपमा महर्जनले लिएकी छन्। यसअघिका गायिका महर्जनका गीतका भिडियोहरुमा अभिनय पनि रहदैआएका छन्।


प्रकाशन मिति–२०७३ साल मंसीर २ गते विहीवार।