काठमाडौ। चितवनमा भएको एसिड प्रहारवाट गंभीर घाइते बनेका बीरमान महर्जनलाई हंगकंगवाट सहयोग भएको छ। हंगकंगमा हंगकंग नेवार समाजका अध्यक्ष रचना प्रधानले आव्हान गरेअनुरुप संकलित सहयोग रकम हस्तान्तरण भएको हो।

हंगकंग नेवार समाजका अध्यक्ष रचना प्रधान स्वयम् आफै हंगकंगवाट काठमाडौ आएर ३३ बर्षिय बीरमान महर्जन उपचार्थ रहेको कीर्तिपुरको अस्पताल पुगेर सहयोग हस्तान्तरण गरेकी हुन्। हंगकंग डलर ५ हजार ६ सय २२ अर्थात नेपाली रुपैया ७७ हजार १ सय रुपैया महर्जनलाई सहयोग स्वरुप हस्तान्तरण गरेको जानकारी अध्यक्ष रचना प्रधानले भिजन संसारलाई दिएकी छन्।

हंगकंगवाट प्राप्त सहयोग रकमवाट आफ्नो पीडामा मल्हम लगाउने कार्य गरेको प्रतिक्रिया घाइते महर्जनले दिएका छन्। उनले सहयोग रकम जुटाएर नेपालसम्म आएर दिने हंगकंग नेवार समाजकी अध्यक्ष रचना प्रधान लगायत सहयोग दिने हंगकंगवासी सवै नेपालीहरुलाई धन्यवाद पनि भनेका छन्।

चितवनमा कम्प्यूटरका प्राविधिकको कार्य गर्दैआएका महर्जनलाई वाइफाइको पासवर्ड उपलव्ध नगराएको निहुँमा उनकै छिमेकीले एसिड प्रहार गरेर घाइते बनाएको बताइएको छ।
प्रकाशन मिति–२०७५ साल असार ८ गते शुक्रबार ।