काठमाडौं। प्रत्येक बर्ष जस्तै यो बर्षपनि हङकङमा नेपाल संवत ११३९ नयाँ बर्षको दिन म्हःपूजा गर्ने कार्य भव्य रुपमा भएको छ। हङकङ नेवार समाजको आयोजनामा म्हःपूजा हङकङमा भएको हो।

हङकङ नेवार समाजकी अध्यक्ष रचना प्रधानले यो बर्षको म्हःपूजामा हङकङमा रहेका १ सय जना नेपालीहरुको सहभागिता रहेको छ। म्हःपूजा अर्थात शरीर पूजा नेवार जातिको गौरब र अत्यन्त महत्वपूर्ण पर्व हो।

आदि–अनादिकाल देखि चल्दैआएको यो परम्परालाई नेवार तथा गैरनेवारहरुले पनि आत्मसात गर्न थालेको छ। जसलेगर्दा यो पूजाप्रति हङकङमा पनि गैरनेवारहरुको पनि धेरै आकर्षण रहेको हङकङ नेवार समाजकी अध्यक्ष रचना प्रधानको भनाई रहेको छ।

अध्यक्ष प्रधानका अनुसार यो बर्ष म्हःपूजा गर्ने १ सयजनामा ३० जना त गैरनेवारहरु रहेका थिए। म्हःपूजाका लागि आवश्यक टिपिकल सामाग्रीहरु नेपालवाटै लगेर म्हःपूजा गर्ने र गराउने कार्य भएको अध्यक्ष प्रधानले भनेकी छन्।