काठमाडौं। हङकङमा पनि चीनको सीमानावाट आएका यात्रुहरुमाथि कडा निगरानी गर्न थालेको छ। चीनमा कोरोना भाइरसको व्यापक संक्रमण भएपछि हङकङले चीनसँगको सीमामा यात्रुहरुमाथि कडा निगरानी राख्न थालेको हो।

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिना हङकङले चीनसँगको सीमा पार गर्ने उच्च गतिका रलेवे सेवा र हवाइ सेवासमेत बन्द गरेको जनाएको छ। चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट एक सय भन्दा बढीको मृत्यु भइसकेको छ भने पाँच सय भन्दा बढी संक्रमित भएको अधिकारीहरुले जनाएका छन्।

चीनबाट सुरु भएको कोरोना भाइरस विश्वका १६ देशमा फैलिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। वहानमा रहेका विदेशी नागरिकलाई स्वदेश फर्काउन विभिन्न देशहरुले पहल गरिरहेका छन् । चीनका वहान, हुवेइलगायतका प्रान्तमा सार्वजनिक यातायातमा प्रतिवन्ध लगाइएको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल माघ १५ गते बुधवार ।