Nagendra Shrestha's Hongkong progm 4काठमाडौ। लामो समयदेखि हङकङमा बसोबास गर्दैआएका नेपालका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठ त्यहाँ बलिउडका कलाकारमाझ निक्कै लोकप्रिय बनेका छन्। बलिउडका जुनसुकै कार्यक्रम हङकङमा हुने गर्दा तथा भएमा नागेन्द्र श्रेष्ठको अत्यन्त महत्व हुने गरेको छ।

Vetran Singer Nagendra Shrestha with his spouce Mrs. Rachana Pradhan in Happy mood.
Vetran Singer Nagendra Shrestha with his spouce Mrs. Rachana Pradhan in Happy mood.

नागेन्द्र श्रेष्ठ विनाको बलिउडको हङकङ कन्सर्ट मज्जा नहुने बलिउडका कलाकारहरुको नै भनाई प्रकाशमा आएको छ। अझ हङकङमा नागेन्द्रलाई बलिउडका कलाकारहरु हार्मोनियम मास्टर भन्ने गर्छन्। ताल बाजामा हार्मोनियम बजाउन अत्यन्त खुवी राख्ने नागेन्द्रको हार्मोनियममा मज्जाले रम्ने हङकङबासीका माझमा नागेन्द्र निक्कै लोकप्रिय रहेका छन्।

Nagendra Shrestha's Hongkong progm 1केही दिनअघि हङकङमा इण्डिया एशोसियसन र इण्डिया क्लबको आयोजनमा बलिउडका कलाकारहरुको सहभागितामा इन हार्मोनी नामक भव्य तथा सभ्य म्युजिकल कन्सर्ट भएको छ। जसमा नागेन्द्रको हार्मोनियम बजाउने बेग्लै कलालाई बलिउडवाट आएका कलाकारहरुले निक्कै तारिफ गरेका थिए।

Nagendra Shrestha's Hongkong progm 2त्यसरी तारिफ गर्ने बलिउडका कलाकारमा लता मंगेसकरका नाति बैजु मंगेसकर पनि थिए। साथमा स्मिता जैन, अनुराधा पाल,दुलिप चरिथ, सुनिल बर्मा, प्रताम रथ लगायतका बलिउडका कलाकार साथमा फ्युजन मिक्स ज्याज, ल्याटिन, सुफी तथा इण्डियन क्लासिकल म्युजिक प्रस्तुत भएको थियो।

Nagendra Shrestha's Hongkong progm 7ती सवै प्रस्तुतिमा नागेन्द्रको बेजोड हार्मोनियम प्रस्तुति रहेको थियो। जुन प्रस्तुतिले इन हार्मोनी म्युजिक कन्सर्टको उचाई थप्ने कार्य भएको थियो। कार्यक्रमको निर्देशन जयाङ जाभरी(Jayang Javery)वाट भएको थियो। हार्मोनियम मास्टरका रुपमा बलिउडका कलाकार माझ चिनिएका नागेन्द्र हङकङका नेपालीमाझ गायक तथा संगीतकारका रुपमा चिनिन्छ।

Nagendra Shrestha's Hongkong progm 5

हङकङमा हुने प्राय नेपाली कार्यक्रमहरुमा बुनियाद नेपाली गीत गाएरै तहल्का मच्चाउने कार्य नागेन्द्रवाट हुंदैआएका छ। नागेन्द्रका चाँदनीमा बग्छ खोला, टाढा धेरै टाढा, साँझ ढलिगयो, आवाजसंग जस्ता सयौं गीत अत्यन्त लोकप्रिय छन्।
प्रकाशन मिति–२०७४ साल असोज ९ गते सोमवार ।