काठमाडौं। नेपालभाषामा सुपरहिट गीत दिन सफल हङकङमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जनको नेपालीमा पनि गीत सार्वजनिक भएको छ। नेपालीभाषीहरुको विशेष अनुरोधमा उस्ताद महर्जनले गीत सार्वजनिक गरेका हुन्।

दशैं–तिहारको अवसरमा सार्वजनिक भएको उस्ताद महर्जनको गीतको वोल नै सिमसिम पानी रहेको छ। अत्यन्त मनमोहक तथा रोचक ढंगवाट उस्ताद महर्जनले गाएको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ।

उस्ताद महर्जनको स्वर, संगीत र गीत रहेको सिमसिमे पानीको गीतको भिडियोमा सृष्टि खड्का, सागर लोप्चन लगायतका कलाकारहरुको अभिनय रहेको छ।

साथमा उस्ताद महर्जनको पनि अभिनय रहेको छ। गोपाल रसाइलीको संगीत संयोजन रहेको सिमसिमे पानीको भिडियो निर्देशन सोनम पाख्रिनले गरेका हुन्।

प्रकाशन मिति–२०७५ साल कात्तिक ९ गते शुक्रबार ।