काठमाडौं। हङकङमा रहेका विश्वप्रसिद्ध नेपाली उस्ताद कृष्णभक्त महर्जनको बडादशैंको अवसरमा विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। उस्ताद महर्जनको शव्द–रचना, संगीत तथा गायनमा नयाँ गीतको भिडियो नेपालभाषामा सार्वजनिक भएको हो।

चर्चित गायिका लसता जोशीसंग उस्ताद महर्जनको युगल गायन रहेको गीतको बोल नै छगूं माया जिके जुल रहेको छ। भूपेन्द्र बज्राचार्यको म्युजिक एरेञ्ज रहेको गीतको भिडियोमा सुरेन्द्र महर्जन, स्मृति डंगोल, धर्मराज श्रेष्ठ, सलिम लवट, शोभा लवट, परशुराम श्रेष्ठ, विजय डंगोल, सुरज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

निर्देशन सुरेन्द्र महर्जनको रहेको छ। त्यस्तै भिडियोको सम्पादन स्वदेश महर्जनले गरेका छन्।

प्रकाशन मिति–२०७८ साल असोज २७ गते बुधवार ।