काठमाडौं। नेपालको आव.२०७५–०७६ को बजेटमा पूँजीगत बजेट मात्र पनि ३ खर्ब ४५ अर्बको रहेको छ। यतिधेरै बजेट भए पनि खर्च हुन नसक्दा विकास–निर्माण सुस्त भएको हो। यसले निर्माण व्यवसायमा नकारात्मक असर परेको ठहर हेभी इक्वीप्मेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरको ठहर रहेको छ। विकास–निर्माण कार्य दशकअघिको जस्तो पनि हुनसकेको नसकेको टिप्पणी अध्यक्ष कुँवरको टिप्पणी रहेको छ। जसले गर्दा आफूहरुलाई यति लामो समय यसरी निष्क्रिय बस्नुपरेको अनुभव नभएको तर, यो बर्ष त्यो अनुभव भयो भनेर कुँवरले भनेका छन्।

महासंघका अध्यक्ष कुँवरले हेभी इक्वीप्मेन्ट मेसिनहरु १२ वर्षमा पहिलोपटक थन्काएर राख्नुपरेको पीडा खुलासा गरेका छन्। दुईतिहाइको सरकार बनेपछि मुलुकमा विकास–निर्माणले गति लिन्छ भन्ने विश्वास व्यवसायीमा थियो। त्यसैले वर्तमान सरकार गठनसँगै निर्माण व्यवसायी उत्साहित बनेका हुन्। माग धेरै हुने आशामा उनीहरूले धमाधम ठूला उपकरण किने। तर, परिस्थिति उल्टो बन्यो। स्थानीय र प्रदेश सरकार बनेपनि उनीहरुले काम गर्न सकेनन्। अहिले काम नपाएर हजारौं उपकरण बेकामे बनिरहेको यथार्थता महासंघ अध्यक्ष कुँवरको निश्कर्ष रहेको छ।
सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिनामा पूँजीगत बजेट साढे आठ प्रतिशतभन्दा बढी खर्च पनि गर्न नसकेको अध्यक्ष कुँवरले हिसाव–किताव गरेका छन्। महासंघका अनुसार हाल व्यवसायीसँग झन्डै १८ हजार ठूला निर्माण उपकरण छन्। स्थानीय सरकारसँग सात हजार हाराहारी त्यस्ता उपकरण छन्। भएका उपकरणमध्ये पाँच प्रतिशतभन्दा धेरैले पनि काम पाउन सकेको छैन्। विगतका वर्षमा भदौदेखि असारसम्म यी उपकरण सञ्चालन हुन्थे। यस वर्ष भने जेठदेखि अहिलेसम्म मेसिन सञ्चालन हुन नसकेको तितो–सत्य महासंघका अध्यक्ष कुँवरले ओकलेका छन्।

निर्माणका लागि ‘पिक आवर’ मानिने यो बेला पनि उपकरण थन्काएर बस्नुपरेको नमिठो पीडा अनुभवले यो बर्ष थलिएको कुँवरको भनाई रहेको छ। व्यवसायभित्रको यो महापीडा भएतापनि अनुहारभरि अनि मनभरि खुशी छरेर हिंड्न सक्षम हसमुख पौरखी र परिश्रमी हेभी इक्वीप्मेन्ट व्यवसायी ताराबहादुर कुँवर हुन्। जसको जीवनमा कठिन भन्दा कठिन पहाडजस्ता समय आए र गएपनि। जुनसुकै बेला तथा अवस्थामा पनि तिखा काँडावीच हाँस्ने गुलाफको फूलजस्तै हाँस्न सक्ने महान व्यक्तिको रुपमा कुँवरलाई लिने गरेको छ।

कुँवरको वोलीमा नै सरस्वतीको बास रहेको छ। जसले कहिले पनि नराम्रो बोल्नै जानेनन्। त्यही मिठो बोली, बचन तथा व्यवहारले नै सानो मान्छे ताराबहादुर कुँवर ठूला मान्छे बनेका हुन्। तारावहादुर कुँवरको सफलताको रहस्य पनि यही हो।

ताराबहादुर कुँवरले अर्काको घरमा काम गरेर सुरु गरेको जिन्दगी त्यो हिजोको थियो। आज तारावहादुर कुँवरको घर तथा अफिसमा काम गर्नेहरुको कुरा आजको भएको छ। हिजोको त्यो आफ्नो पीडा आज आफूसंग काम गर्नेहरुको अनुहार अनि मनहरुमा आफूलाई खोज्ने कार्य यदाकदा आफूलाई फुर्सद भएको बेला नियाल्ने गर्दछ। त्यसले गर्दा पनि उनीहरु ताराबहादुर कुँवरप्रति नमस्तक छन्।

नरम अनि हसमुख मनका भएतापनि आफ्नो त्यो हेभी अर्थात गह्रौ कार्य चानचुने होइन। करोडौ–करोड मूल्यका आफूभन्दा पनि धेरै गुणा वजनदार मेसिनहरुसंग चल्नु र त्यसैको व्यापार गर्नु निश्चित रुपमा तारावहादुर कुँवरका लागि सरल कार्य होइन्। साना देखि ठूलासम्म सवैलाई रिझाएर काम गर्नुपर्ने यो गजबको काम भएकोले ताराबहादुर कुँवरको आफ्नो कंपनीको नाम नै हजुरलाई नमस्ते ट्रेड लिंक रहेको छ।

जसलाई भेट हुंदा अनि चिने या नचिनेकाको फोन आएमा पनि हजुरलाई नमस्ते भन्ने असाध्यै राम्रो बानी तारावहादुर कुँवरको बानी नै रहेको छ। आफ्नो गाउं–ठाउं बाफल–सीतापाइला एरियामा प्रत्येक शनिवार अगुवाई गरेर सफाईको ६८ औ हप्ता पूरा गरिसकेका समाजसेवी समेत रहेका यिनै गजबका अनि असाध्यै राम्रा मान्छेहरु मध्येका एक महान मान्छे ताराबहादुर कुँवरले भनेका सात कुरा यस्तो छ–

१.म बाट जीवनमा कहिले झुटा कुरा भएनन् । यो संसारमै सबैभन्दा सानो मान्छे म हुँ जस्तो लाग्छ । मेरो सबैलाई सम्मान गर्ने बानी छ । चाहे साना होस या ठूला सबैलाई आदर सम्मान गर्छु । यो दुनियामा मेरो दुस्मन भन्ने कोहि छैनन् भन्ने लाग्छ । म आफू पनि सबैलाई माया गर्ने भएकोले होला, मलाई पनि सबैले माया गर्नुहुन्छ । यो सम्पूर्ण श्रेय उहाँहरुलाई नै जान्छ जसलाई म माया गर्छु अनि उहाँहरुबाट पनि पाउँछु ।

२.हो मैले कुनै पनि मानिसलाई भेटिसकेपछि आफ्नो तरिकाले सम्मान गर्छु, जहाँ मेरो कुनै स्वार्थ रहेको हुन्न। आफुसंग भएसम्म केही दिने प्रयास गर्छु तर कसैबाट आफ्नो लागि केही अपेक्षा गरेको हुन्न । कम्पनीमा आउने कोही मान्छे अर्थात कामकाजको सन्दर्भमा भेटिने मान्छेहरु मसंग आफै बोल्न नआएपनि म आफै नमस्कार गरेर भएपनि बोल्छु । कसैले यो सोच्ने गर्छन् कि मैले त्यो मान्छेसंग केही लिन खोजिरहेको छु र नजिकन खोज्दैछु । तर मैले त्यो कहिले सोच्दिन कि केही दिन नपरोस् भन्ने । कहिले काही हामीलाई कामको लागि कोही आवश्यकता प¥यो भने र उनीहरुलाई पनि हाम्रो कामको आवश्यकता परेछ भने हामी त्यो दिन तयार छौँ। तर परिचय गर्दैमा कुनै स्वार्थको पछि भने लाग्दिन । मैले जिन्दगीमा धेरै साना ठूला उद्योगपति,कलाकार, पत्रकारलाई भेटें । जतिपनि मान्छेहरुसंग भेटें अहिले सम्म कसैसंग नराम्रो सम्बन्ध भएन।

३. काभ्रेपलान्चोक जिल्लामा बि.सं. २०२२ सालमा मेरो जन्म भएको हो। जहाँ पहरी दाजुभाइहरुको अलि ठूलै बाहुल्यता रहेको थियो । त्यो ठाँउमा २८÷३० सालसम्म एस.एल. सी गर्ने कोही मान्छेहरु नै थिएनन् । हामीहरु चाँहि २०÷२२ घर दाजुभाइ मात्रै थियौँ । त्यहाँका अरु मान्छेहरु भन्दा हामी अलि बाठा थियौ । पहरी दाजुभाइहरु अलि लजाउने गर्थे । त्यो बेला गाउंमा पुरानो शिक्षा पढाई हुन्थ्यो । गाउंको ठाउं बिहान उठ्ने बितिकै घाँस काट्न जानुपर्ने, घर आएर आमाले पकाको ढिँडो खाएर स्कूल जाँदा ढिलो हुन्थ्यो। सरले कुटेर सारो पार्ने । घरबाट स्कूल पुग्न एक घण्टा लाग्थ्यो। जुन चौभास भन्ने ठाँउमा थियो। त्यहाँ मैले दुई कक्षा सम्मको शिक्षा पूरा गरे ।

४.त्यसपछि विसं.२०३२ सालमा मेरो जेठो दाजुले मलाई काठमाण्डौ लिएर आउनु भयो । जीवनमा पहिलो पटक यही आएर मैले गाडी देखेको हुँ । गाउँबाट आएको मान्छे खासै केही कुरा थाहा थिएन । खानाका परिकारहरु पनि के के हुन्छ केही थाहा थिएन । एक दिन दाइले सडक बिभागका ईन्जिनियरको घरमा लग्दिनु भयो। त्यहाँ काम गरेर बस्नको लागि । दाइले जे जे सिकाउनु भया।े मैले त्यहाँ गएपछि त्यही अनुसार काम गरे । पछि त्यही बसेर पढ्ने मौका पनि मिल्यो । ७ कक्षा पढ्दा पढ्दै उहाँहरु सरुवा भएर बाहिर जानुभयो । त्यसपछि अर्कैको घरमा बसियो । त्यँहा बाट टाढा धाउनु पर्ने भएकोले पढाई यत्तिकै छोडियो । त्यसपछिका दिनमा संघर्ष गर्दै जाँदा राम्रा र गर्नहुने काम जति सबै गरियो । आफूले जानेका कुरा अरुलाई पनि सिकाईन्थ्यो । अरुको घरमा बस्दा महिनाको ५ रुपैँया दिन्थे । एउटा घरमा १९ महिना बसेर ९५ रुपैया कमाएको थिएँ,त्यो पैसा घरमा लगेर बा–आमालाई दिए ।

५.हामी ६ दाजूभाई र एक बहिनी गरि ७ जना छोरा छोरी थियौँ । पहाडको ठाँउ जतिसुकै खान लाउन पुग्ने भएपनि बिभिन्न घरायसी सामानहरुको अभाव त भै नै हाल्थ्यो । त्यस्ता अभावलाई परिपूर्ति गर्नको लागि हाम्रा बुबा कोइलाखानी जानुहुन्थ्यो, भारतको आसाम भन्ने ठाँउमा । र उहाँले त्यहाबाट पैसा पठाउनू हुन्थ्यो । उहाँले पठाएको पैसाले मात्र जीविकापार्जन गर्न हामीलाई मुस्किल पथ्र्यो। तरपनि गाँउघरको लागि भने हामी अलि हाई लेभलको परिवारमै गनिन्थ्यौं । तर बेहाल भने सबैको उस्तै हुन्थ्यो । मैले यता काठमाडौंमा रिक्सा, ट्याम्पो पनि चलाउन सुरु गर।ें बहुदल आएपछि मैले ट्याम्पो चलाउन सुरु गरे । त्यस्तै गरेर सबै मिलेर घरको समस्या समाधान गथ्र्यौ।

६. मैले विवाह विसं.२०४३ सालमा गरेको हुँ। गाउंमा बिहे गर्नलाई कसैले नपत्याएपछि बल्ल–बल्ल बिहे गरियो आफन्त मार्फत । बा को सम्पत्ति गाउँमा राम्रै भएपनि हामी ६ जना दाजुभाई भएका कारण मेरो छोरीले खानै पाउँदिन, त्यस्तालाई कसरी छोरी दिनु भन्थ्ये गाउंलेले । त्यसपछि हेटौडाको राम्रै घरबाट कुरा आयो र मागी बिबाह भयो । त्यस पछि १ बर्ष जति काभ्रे मै बसेर भैँसी पालन र खेतिपातिमा ब्यस्त भइयो । तर एक बर्षसम्म खासै केही उपलब्धि हुन सकेन । त्यसपछि भएको खेतिपाती, भैँसी आमा–बाबुलाई छोडेर हामी बुढाबुढी काठठमाडौं आयौँ । विसं.२०५० सालसम्मको दौरानमा ट्याम्पो साहु पनि भईयो । ७ वटा ट्याम्पोको साहु भएपछि मैले ती ट्याम्पो एक–एक गरि बेचेँ । त्यसबाट आएको ६५ हजार रुपैँया पैसाले बाफलमा जग्गा किने । त्यसो हुदाँ हुदँै विसं.२०६३ सालबाट हेभी ईक्विपमेन्टको व्यवसाय सुरुवात गरे। बीचमा साना तिना उतार–चढाब आएपनि हामीपछि हटेनौँ। नेपालमा अहिले धेरै झुटा काम गर्ने, डुप्लिकेट समानहरु ओसारपसार गर्ने प्रबृत्ति बढेको छ । तर हामीले यो जि.पि लुब्रिकेन्टबाट अहिलेसम्म त्यस्ता नराम्रा र अरुलाई दुःख दिने काम गरेका छैनौ । यस्तै संघर्ष गर्दै आएका छौँ, कयौँ बाधा अड्चन आएपनि अहिले सबै समाधान हुदै आएको छ, खुसिसंग जिवन अघि बढिरहेको छ।

७.विवाहपछि काठमाडौं आएर नयाँ जिन्दगी शुरु गर्दा मैले धेरै दुःख गरेको छु। मैले व्यवसायको रुपमा काठमाडौंका सडक–गल्ली अनि टोल–टोलमा रिक्सा चलाएर गुजारा पनि गरेको छु। रिक्सा चलाएर २–४ हजारले गुजारा गर्ने वर्गमा पनि म पथ्र्ये। त्यो विगत म विर्सन्न। त्यही अतितले मलाई बर्तमान तारावहादुर कुँवर बनाएको हो। विवाह पछि विस्तारै छोरा–छोरी जन्मेपछि कमाउंदै पनि गइयो र समस्या पनि समाधान हुंदै गयो। (नामी साप्ताहिक बर्ष ५ अंक ४ वाट साभार)
प्रकाशन मिति–२०७५ साल मंसीर १५ गते शनिवार