काठमाडौ। इन्टरनेशनल डान्सर समेत रहेका कलाकार डिजाइनर अनुपम श्रेष्ठ (हट्टी–नट्टी)को ३२ औं जन्मदिनमा नेपालका ख्यातिप्राप्त फोटोग्राफर तथा सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीका प्रोप्राइटर च्याङ्बा लामाले तयार पारेको फोटो तथा फ्रेमको व्यापक प्रशंशा तथा चर्चा भएको छ।

अनुपमको जन्मदिनको अवसरमा च्याङ्बा लामाले बडा मेहनतले तयार पारेर शुभकामना सहितको आकर्षक फ्रेमिङ उपहार प्रदान गर्दा उक्त फोटो तथा फ्रेमिङको ज्यादै तारिफ भएको थियो। सदा संझना बन्ने गरेर च्याङ्बा लामाले बडा मेहनतले बनाएर ल्याएको उक्त फोटो सहितको गजबको फ्रेमिङ जन्म–दिनको उपहार पाउंदा अनुपमले माइकवाटै त्यसको तारिफ गरेर सवैको सामुन्ने च्याङ्बा लामालाई धन्यवाद दिएका थिए।नयाँ बानेश्वर स्थित अनुपमको भव्य घरमा आयोजित कार्यक्रममा अनुपको परिवारले अनुपमको जन्म दिनको अवसरमा ७ रोपनी जग्गा सहित नगद  २ लाख १५ हजार उपहार दिएका छन्। उनको जन्म दिनमा करिश्मा मानन्धर, विपना थापा, रेखा थापा, पूजा शर्मा, सुषमा कार्की लगायतका सेलिब्रेटीहरुले पनि शुभकामना सहित उपहार प्रदान गरेका थिए।

प्रकाशन मिति–२०७५ साल जेठ २८ गते सोमवार ।