काठमाडौं। महानगरीय प्रहरी वृत्त कमलपोखरीले चेकजाँचको क्रममा फेला परेको मोटरसाईकलको धनीको पहिचान गरि जिम्मा लगाएको छ। वृत्तले गत आश्विन २१ गते चावाहिलस्थित मैजुवहालमा पार्किङ गरी राखेको अवस्थामा मोटरसाईकल फेला पारि सम्बन्धित मोटरसाइकलधनीलाई बुझाएको हो।

त्यसैगरि, कार्तिक ०३ गते राती अन्दाजी २१ः३० बजेको समयमा कामनपा ०५ हाडिगाँउ स्थित रमाईलो चोकमा शंकास्पद रुपमा फेला परेको बा ९१ प १५७१ नं को मोटरसाइकल पनि वृत्तले सम्बन्धित धनीलाई बुझाएको छ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भरत बहादुर बिकले शनिवार मोटरसाइकल धनी रोशन कुमार शाहलाई हस्तान्तरण गरे। शाहले आफ्नो हराएको मोटरसाईकल प्रहरीले फेला पारी फोन सम्पर्क गरी बोलाएर दिएकामा खुशी ब्यक्त गरे ।

सवारी साधन नियमित चेकजाँचको क्रममा अनुसन्धान गर्दै जाँदा उक्त बाईक चोरीको भएको पत्ता लागेको थियो। चोरीमा संलग्न व्यक्तिहरु फरार रहेकोले खोजतलास कार्य जारी रहेको वृत्त प्रमुख बिकले बताए।
प्रकाशन मिति–२०७६ साल कात्तिक २४ गते आइतवार ।