Haribans Hair Cut by hi wife.1काठमाडौ। नेपालका चर्चित हाँस्य अभिनेता हरिवंश आचार्य र उनको पछिल्लो पत्नी रमिला पाठक वीचको प्रेम वि.सं.२०७३ सालभर चर्चाको विषय बन्यो। हरिवंशको जीवनमा रमिलाको प्रवेश यता दुवैको ओइलिएको जीवन मौलाएको छ। पहिलो पत्नी मीरा आचार्यको असामयिक निधनवाट निक्कै नै निराशामा पुगेका हरिवंश रमिलासँगको दोश्रो विवाहवाट तंग्रिएका थिए। हरिवंशको हरेक मोडमा अत्यन्त साथ दिदैआएका रमिलाले हरिवंशका हरेक पाइलामा विवाह पछिका दिनहरुमा साथ दिदैआएका छन्। अझ दिदै जाने प्रतिवद्धता व्यक्त गरेकी छन्।Haribans Hair Cut by hi wifeबर्ष २०७३ सालभर हरिवंश आचार्यको स्वदेश तथा विदेश यात्राका हरसमय तथा पलमा पनि रमिलाले हरिवंशलाई साथ दिएको र हरिवंश–रमिला प्रेमको बेजोड आदर्शमय नमूना नै बन्न सफल बनेका छन्। अझ बर्ष २०७३ मा बेल्जियममा भएको सांस्कृतिक यात्राका क्रममा लामो दाह्री तथा कपाल काट्ने फुर्सद समेत हरिवंशको नभएपछि त्यहाँ रमिलाले कपाल काटिदिएको फोटो यतिखेर चर्चाको विषय बनेको छ।

 मह संचारका व्यवस्थापक तथा महका अत्यन्त विश्वासिला पात्र नरेन्द्र कंसाकारको मोवाइल क्यामेरावाट क्लिक भएको त्यस फोटोले उनीहरु वीचको प्रेमभावलाई सवल ढंगवाट पहिचान गर्न सकिन्छ। प्रेमले नै जीवन दिन्छ र प्रेमले नै संसार मिल्छ भन्ने अभिप्राय यस फोटोले फेरि पुष्टि गरेको छ।

प्रेमको अन्तले गंभीर निराशामा पुगिसकेको मनलाई थामेर त्यो निराशाको खाडलवाट माथि सतहमा ल्याएर नयाँ जीवन दिने कार्य अनि रमिलावाट हुनु र रमिलाले पनि दह्रो प्रेम पाउनु दुवैका लागि सुखद खुशी हो। यही खुशीमा रमेका हरिवंश–रमिलाको प्रेमजोडीमा कसैको नजर नपरोस् भन्ने सवैको कामना रहेको छ।

Haribans Hair Cut by hi wife

प्रकाशन मिति–२०७३ साल चैत्र ३१ गते विहीवार ।