काठमाडौं। बलिउडमा बसेर फिल्मी करियर बनाउन संघर्षरत नायिका अदिती बुढाथोकीले नेपाली कथानक चलचित्र कृ वाट डेब्यु गर्ने मौका पाएतापनि खासै माखो मार्न सकेकी थिइनन्।

चलचित्र कृ मा अनमोल केसीको नायिका बनेर देखा परेकी अदितीको कामुकता तथा मनमोहक अभिनयले हलहरुमा त्यति धेरै दर्शक तान्न नसकेतापनि ६ दिन अघि मात्र युट्युबमा रिलिज हुंदा भने, मनग्गे दर्शक पाएका छन्।

६ दिनमा ४६ लाख दर्शकहरुले कृ हेरेको रेकर्ड देखिएको छ। यसअर्थमा हलमा हिट नभएतापनि युट्युबमा भने अदितीको कृ हिट भएको आँकन गर्न थालिएको छ। यसले अदितीलाई नेपाली फिल्ममा कमव्याँक गराउने हो कि भन्ने धेरैले अनुमान लगाउन थालेको छ।
प्रकाशन मिति–२०७६ साल भदौं ५ गते विहीवार ।