काठमाडौं। कोरोना महामारीको व्यापक चपेटामा परेको सिनेमा क्षेत्र हो। नेपालमा कोरोनाको महामारी फैलिएयता विगत १० महिना देखि ठप्प भएको सिनेमा हलहरु माघ १ गते माघीका दिनवाट सञ्चालनमा आएको छ।

१० महिनादेखि ठप्प भएको सिनेमा हलहरुमा नेपाली चलचित्रका ठूल्दाइ तथा एक्सन किङ हिरो नामले ख्यातिप्राप्त नायक शिव श्रेष्ठ निर्मित चलचित्र “एउटा यस्तो प्रेम कहानी” रिलिज भएको छ। दिपेश सापकोटाको निर्देशनमा तयार भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएयता नेपाली चलचित्र क्षेत्र विस्तारै चलायमान हुन थालेको संकेत देखिएको छ।

शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रलाई दिनेश दर्शनधारी र यशोधा राइले निर्माण गरेका हुन्।

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’वाट नायक शिव श्रेष्ठ सुपुत्र शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धर सुपुत्री कविता मानन्धरको डेब्यु भएको छ।

यी दुई नायक तथा नायिकाका सुपुत्र तथा सुपुत्रीले पिता र माताले जस्तै नेपाली चलचित्र उद्योगमा कतिको योगदान दिने हुन या होइन भन्ने कुरा भोलिका दिनवाट थाहा नै हुने छ। चलचित्र हेर्ने दर्शकहरुका अनुसार दुवैको भविष्य उज्ज्वल छ। आशा गर्न सकिने प्रशस्त स्थान छन्।

प्रकाशन मिति–२०७७ साल माघ १ गते विहीवार ।