Priyank Copara People's choice Award 2काठमाडौ। बलिउड हट अभिनेत्री प्रियंका चोपडाले हलिउडको प्रतिष्ठित अवार्ड जितेकी छन्। अमेरिकन टेलिभिजनको क्वान्टिको एपिसोडमा एफबिआई एजेन्ट एलेक्स पेरिसको भूमिका गरेकी प्रियंकालाई हलिउडमा पिपुल्स् च्वाइस अवार्ड प्रदान गरिएको छ।

Priyank Copara People's choice Award 1

लोकप्रिय टेलिभिजनको नयाँ श्रृंखलाको पपुलर एक्ट्रेस विधाको अवार्ड जितेकी प्रियंका मिस वल्र्ड बनेपछि मात्र बलिउडको फिल्म नगरीमा प्रवेश गरेकी थिइन्। अभिनयको अलावा संगीतमा पनि उतिकै रुचि राख्ने प्रियंकाले गत बर्ष नै गीतको एल्वम निकालिसकेकी छन्। हलिउडको पिपुल्स च्वाइस अवार्ड पाउने प्रियंका दक्षिण एसियाकै पहिलो कलाकार बन्न पुगेकी छन्।

प्रकाशन मिति–२०७२ साल पुष २६ गते आइतवार ।