काठमाडौं। भारतको जोधपुरमा हलिउड तथा बलिउडकी ख्यातिप्राप्त नायिका प्रियंका चोपडाको अमेरिकी नागरिक निक जोनसको विवाह सम्पन्न भएको छ।आइतवार क्रिश्चियन परम्परामा त्यहाँ विवाह संपन्न भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

आज सोमवार उनीहरुको विवाह हिन्दू संस्कारमा भएको छ। प्रियंका र निकल एक अर्काले स्विट्जरल्याण्डको एक फेमस ज्वेलर्सको डिजाईनमा बनाएको औँठी लगाई दिएर बाईबलको कसम खाएर आइतवार विवाह बन्धनमा बाँधिएका हुन्।

आज सोमवार भने दुवैले भगवानको कसम खाएर हिन्दू परम्पराअनुसार फेरि दोश्रो विवाह गरेका छन्।


प्रकाशन मिति–२०७५ साल मंसीर १७ गते सोमवार ।