काठमाडौ। हलिउडकी अत्यन्त चर्चित नायिका जेनिफर लोपेज पनि यौन शोषणको शिकार भएकी छन्। नायिका लोपेजले आफुलाई एक निर्देशकले सेक्सुअल ह्यार्यासमेन्ट गरेको खुलासा गरेकी छन्। हार्पस बजार म्यागेजिनका लागि दिएको अन्तरवार्तामा लोपेजले उक्त कुराको खुलासा गरेकी हुन्।

लोपेजले म्यागाजिनलाई आफू फिल्म उद्योगमा नयाँ भएको बेला र एक फिल्म निर्देशकले फिल्ममा काम दिने भनेर बोलाएको र जांदा निर्देशकले सर्ट उतार्न लगाउन खोजेको बताइन्। लोपेजले त्यो निर्देशकले आफ्नो भित्री अंग हेर्न खोजेको ठोकुवा गर्दै आफूले त्यस्तो गर्न सक्तिन भनेर ठाडै भनेको भनेकी छन्। लोपेजले निर्देशकको नाम भने भनिनन्।

त्यसरी फिल्म खेल्न दिने बहानामा यौन शोषण गर्न खोज्ने धेरै निर्माता तथा निर्देशक रहेको र त्यस्तावाट सचेत रहनुपर्ने लोपेजले बताएकी छन्। आफू शोषणमा परेको या नपरेको भन्ने कुरा चाहिँ उनले स्पष्ट भनेकी छैनन्।

आफूलाई काम दिन खोज्ने निर्देशकलाई आफूले त्यसरी हप्काउन पो नहुने हो कि भन्ने दोहोरो कुरा पनि गरेकी छन्। यसअर्थमा पनि फिल्म पाउन पनि लोपेज आफैले पनि त्यस्तो यौन शोषणलाई स्वीकार गरेको हो कि भन्ने आशंका गरिएको छ। तर, यसबारेमा लोपेज आफै मौन रहेकी छन्।
(अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल चैत्र ४ गते आइतवार ।