काठमाडौं । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रत्यक्ष अप्रत्यक्ष सघाउ पुग्ने गरी पर्यटन व्यवसायीलाई सक्रिय बनाउने योजनासहित पर्यटनका गतिविधि सञ्चालन सहज र हौसला बढाउने मुख्य उदेश्य राखि हस्पिटालिटी फाउन्डेशन अफ नेपालको आयोजनामा दोस्रो संस्करण हस्पिटालिटी अवार्ड प्रदान गरिने भएको छ।

आयोजक सस्था ले सोमबार जारी प्रेस विज्ञप्तिमा अवार्ड बारे केही दिनमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइने आयोजक कमिटिका डाइरेक्टर कमलराज ढकाल ले बताए।

२०१६ मा पहिलो अवार्ड राजधानीको नेपाल पर्यटन बोर्डमा हस्पिटालिटी फाउन्डेशन अफ नेपालको आयोजना नेपाल हस्पिटालिटी एवार्डमा कार्यक्रममा पुर्ब संस्कृति पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री परशुराम तामाङ्ग को प्रमुख अतिथि साथै फाउन्डेसन का अध्यक्ष महेशराज ढकाल को सभापति मा सम्पन्न भएको थियोे ।
प्रकाशन मिति–२०७६ साल मंसीर २ गते सोमवार ।