काठमाडौं। रिंकु बज्राचार्य श्रेष्ठको आफ्नै पहिचान छ। समाजमा सामाजिक रुपान्तरणको लागि महिला उद्यमशीलता विकासमा क्रियाशील रिंकु क्रियाशील रहेकी छन्।

काठमाडौंको क्वाबहालमा जन्मी–हुर्केकी रिंकुको पहिचान विगत १७ बर्षदेखि ख्यातिप्राप्त हाँस्य–सम्राट मदनकृष्ण श्रेष्ठकी बुहारी र हांस्य–अभिनेता यमनकृष्ण श्रेष्ठकी जीवन संगीनीको रुपमा चिनिएकी छन्। १७ बर्षअघि अमेरिकाको टेक्सास स्थित एलाइन्टाइनमा अध्ययनको सिलसिलामा रहदा त्यही यमनसंग चिनजान भएको थियो।

त्यो चिनजान अनि भेटघाटवाटै प्रेम अनि विवाह वन्धनमा बाँधिएकी रिंकु १३ बर्ष अमेरिका बसेर नेपाल फर्केकी हुन्। नेपाल फर्केर विशेषत आफूले जानेको र सिकेको कुरालाई नेपालका विभिन्न कुना–कन्दराका महिला दिदीबहिनीहरुलाई उद्यमशीलता विकास गर्न र गराउनका लागि विभिन्न सीपमूलक तालिम प्रदान गरेर उनीहरुलाई सक्षम बनाउने कार्यमा व्यस्त बनिरहेकी छन्।

अर्कोतिर मदनकृष्णकी बुहारी र यमनकृष्णकी जीवन संगीनी भनेर चिनिन पाउंदा पनि अत्यन्त गौरब लागेको रिंकुले भिजन संसार डटकमसंगको भिडियो वार्तामा भनेकी छन्। ससुरा–बा, श्रीमान हांस्य क्षेत्रका दिग्गज व्यक्तित्वहरु भएको कारण घरको वातावरण पनि रमाइलो अनि हसिलो हुने गरेको बताउने रिंकु पनि अभिनय क्षेत्रमा आएकी छन्।

यमनले नै निर्माण तथा निर्देशन गरेको सामाजिक सन्देशमुलक चलचित्र देखे–देखेमा सानो भूमिकामा गहकिलो अभिनय गरेकी छन्। अभिनय आफ्नो क्षेत्र नभएतापनि मौका तथा अवसर मिलेमा यसतर्फ पनि लाग्ने संकेत दिएकी रिंकुलाई अभिनय अर्को मन पर्ने कुरा हो। निकट भविष्यमा पनि अभिनयमा लाग्ने सोच गरेकी रिंकुको परिभाषामा जिन्दगी नै एउटा अभिनय हो।

प्रकाशन मिति–२०७६ साल पुस १४ गते सोमवार ।