Nilu Dolma Sherpaकाठमाडौ। नेपाली चलचित्र हाउ फन्नीकी चलचित्र निर्देशक निलु डोमा शेर्पाको शनिबार मृत्यु भएको छ। बालुवाटारस्थित निर्देशक शेर्पाको निवासवाट शनिवार उनलाई विहान ८.३० बजे अस्पताल लगिएको थियो।महाराजगन्जस्थित टिचिङ्ग अस्पताल पुर्याएको लगतै त्यहाँ निर्देशक शेर्पाको निधन भएको हो।

लामो समयदेखि मृगौला रोगबाट ग्रसित ३३ वर्षिया निर्देशक शेर्पा आमासँग बालुवाटारस्थित निवासमा बस्दै आएकी थिइन्। निर्देशक शेर्पा शुक्रबार अभिनेत्री निशा अधिकारीको वैवाहिक समारोहमा सहभागी भएर घर फर्केको शेर्पा निकटवर्तीहरु भन्छन्।

उनीहरुका अनुसार उनी केही समययता डिप्रेसनवाट पीडित रहेकी थिइन्। शेर्पाको मृत्यु हृद्याघातवाट भएको टिचिङ्ग अस्पतालका चिकित्सकले भनेका छन्।
प्रकाशन मिति–२०७४ साल असार १७ गते शनिवार ।