काठमाडौ। हातको ‘फिंगरप्रिन्ट’बाट पनि कुनै कसैले यौन संवन्धको बेला कन्डमको प्रयोग गरे या नगरेको थाहा पाउन सक्ने नयाँ प्रविधिको विकास भएको छ। त्यसको सफल परीक्षण पश्चात प्रयोग गर्न मान्यता समेत पाएको छ।

condoms

बेलायतको शेफिल्ड हल्लम विश्वबिद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको ‘मास स्पाक्ट्रोमेट्री फिंगरप्रिन्ट’मा आधारित प्रविधिबाट कुनैपनि ब्यक्तिले कन्डम प्रयोग गरे नगरेको पत्ता लगाउन सकिन्छ ।

योर्कशायर प्रहरीसँग मिलेर गरेको परीक्षण सफल भएपछि यसको प्रयोग गर्न अनुमती पाएको बीबीसीले जनाएको छ। यस प्रविधिबाट कन्डमको प्रयोगसँगै कपालमा कुन ब्रान्डको जेल प्रयोग गर्ने गर्दछ, अल्कोहल तथा अन्य नशालु पदार्थको लत छ कि छैन् लगायतका तथ्यहरुसमेत थाहा पाउन सकिने अनुसन्धानकर्ताहरुले बताएका छन्।

fingerprint-1-final

विशेषगरी अपराधमा संलग्न अभियुक्तहरुको अनुसन्धानमा यस प्रविधिको प्रयोग गरी विभिन्न तथ्यहरु पत्ता लगाउन सकिने जनाइएको छ । यस अनुसन्धानका प्रमुख डा.सिमोना फ्रान्सिस्का अनुसार यस प्रविधिद्वारा ३० वर्ष पुरानो फिंगरप्रिन्टुलाई परीक्षण गरी रगत तथा अन्य महत्वपूर्ण तथ्य पत्ता लगाउन सकिन्छ।

डा.सिमोना फ्रान्सिस्ले यस उपायबाट पुरानो अपराधको घटनासमेत अध्ययन गर्न सकिने बताइन् । डा.फ्रान्सिस्का अनुसार यस प्रविधिबाट औंलाको रेखाहरुभित्र फसेको सूक्ष्म तत्वको पहिचान गर्न सकिनछ । यस प्रविधिमा सुरुमा फिंगरप्रिन्टुको स्याम्पल स्क्यानुगरी वाष्पीकरण गरीन्छ।

fingerprint-3-final

त्यसपछि भ्याक्यूमको भित्र रहेको विद्युतिय तथा चुम्बकीय तरंग क्षेत्रबाट तरंगित हुने औंलाको रेखामा फसेको मासुको तत्वहरुले अलग–अलग संकेत गर्ने गर्दछ । जसबाट प्रिन्टमा रहेको अणुको पहिचानबाट ती तथ्यहरु पत्ता लाग्ने गर्दछ। उक्त प्रविधिमा देखिने प्रोटीनको मात्राबाट उक्त फिंगरप्रिन्टु पुरुषको हो की महिलाको हो त्यो समेत पत्ता लगाउन सकिन्छ।

साथै, स्पाक्ट्रोमेट्री फिंगरप्रिन्टु नाम दिइएको यस प्रविधिले अलग अलग लागुपदार्थ प्रयोग गरे नगरेको, पुरुषको लिंगको आकार, खाद्यपदार्थको मात्रा, र शारिरीक स्वास्थ्यको अवस्थासमेत पत्ता लगाउन सकिने छ। करिव एक करोड १२ लाख रुपैयाँ खर्च भएको यस कार्यक्रमको सफल परीक्षणपछि वेलायतको सबै प्रहरी दलको लागि ब्लू प्रिन्टु तयार गर्न लागिएको वरिष्ठ विशेषज्ञ स्टीफन ब्लेले बताएका छन् ।
(बीबीसीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल असोज २५ गते बुधवार ।