काठमाडौं। हामी नेपाली ग्लोबलको नेपाल च्याप्टर हामी नेपाली संस्थाले नेपालको हावाहुरी पीडितहरुलाई विशेष सहयोग गरेको छ। बारा जिल्ला सुवर्ण गाउँपालिका वडा नंबर १, बगही र चरमोहना गाउँका १०५ जना हावाहुरी पीडीतहरुलाई हामी नेपाली संस्थाले राहत सामाग्री उपलव्ध गराएको हो।

हामी नेपाली संस्थाका महासचिव मनोजकुमार आचार्य, सचिव मनिष चौधरी र स्वयं सेवकद्वय अंशु पराजुली र मनिष आचार्यले स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा बहगी गाउँमा १०५ घरका प्रतिनिधिहरु प्रत्येकलाई १ थान त्रिपाल र १ थान झुल राहत स्वरुप सहायता उपलव्ध गराएको हो।

उक्त सहयोग वितरण कार्यक्रममा सांसद रामशहाय यादव, प्रदेश नम्बर—२ का प्रदेशसभा सदस्य बच्चाप्रसाद यादव, वडा नम्बर—१ का वडा अध्यक्ष हरिचन्द्र सिंहले यस विपदको घडीमा हावाहुरी पिडीत जनताको आवश्यक्तालाई बुझी राहत सामग्री उपलव्ध गराएकोमा हामी नेपाली संस्थाप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

संस्थाका सचिव मनिष चौधरीेले संस्थाले उपलव्ध गराएको राहत सामग्री सहर्ष स्वीकार गरी सेवाको मौका प्रदान गरेकोमा त्यस भेगका पिडीत जनता, जनप्रतिनिधिहरु र अन्य सबैप्रति कृतज्ञता ज्ञापन गरेका थिए।
प्रकाशन मिति–२०७५ साल चैत्र २४ गते आइतवार ।