न्यूयोर्क (अमेरिका)। हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा अमेरिकामा सम्मानित बनेका छन्। अमेरिकाको न्यूयोर्क स्थित न्यूयोर्क स्टेट गभमेन्टले न्यूयोर्क स्टेट एसेम्बलीव्दारा अमृत लामा सम्मानित बनेका हुन्। न्यूयोक स्टेट एसेम्बली मेमबर माइकल डेनडेकरले अमृत लामालाई उक्त सम्मान प्रदान गरेका छन्।

अमेरिकामा रहेर विभिन्न सामाजिक क्षेत्रमा विश्वव्यापी योगदान दिनेहरुलाई दिइने न्यूयोर्क स्टेट एसेम्बली सम्मान हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामालाई प्रदान गरिएको छ।

विश्वभरका नेपालीहरुलाई जोड्ने महाअभियानमा लागिरहेका अमृत लामालाई अमेरिकामा बसेर हामी नेपाली ग्लोबलको माध्यमवाट उल्लेखनिय सामाजिक योगदान दिएवापत उक्त सम्मान प्रदान गरिएको हो।

अमृत लामाको अलावा उक्त सम्मानवाट सम्मानित हुने नेपालीहरुमा एनआरएनएनसीसीका प्रेसिडेन्ट सुनिल शाह र रोटरी क्लब प्रेसिडेन्ट नवराज केसी रहेका छन्।


प्रकाशन मिति–२०७६ साल कात्तिक २७ गते बुधवार ।