काठमाडौं। धर्म, जाति तथा राजनीतिभन्दा धेरै माथि उठेर अमेरिकामा स्थापनामा भएको नेपालीहरुको साझा संगठन हामी नेपाली ग्लोबलको युरोप च्याप्टर गठन हुने भएको छ। यही आउने जुन महिनाको १६ तारिखका दिन युरोप च्याप्टर गठन हुने भएको हो।

युरोपको प्रभावशाली जर्मन, बेल्जियम र नेदरल्याण्ड च्याप्टर गठन हुन गैरहैको जानकारी हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले भिजन संसार डटकमलाई बताएका छन्। अध्यक्ष लामाका अनुसार, त्यसको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको छ।

युरोप च्याप्टर गठन गर्नका लागि अमेरिकावाट अध्यक्ष लामा युरोप पुग्ने भएको छ। विश्वका ४० भन्दा मुलुकहरुमा हामी नेपाली ग्लोबलको सञ्जाल भएतापनि आधिकारिक रुपमा च्याप्टर गठन गर्ने क्रममा जर्मन, बेल्जियम र नेदरल्याण्डमा युरोप च्याप्टर गठन हुन गैरहेको अध्यक्ष लामाको भनाई रहेको छ।

विश्वभरका नेपालीलाई कही कतै आपत विपत परेमा सहयोग गर्ने हेल्पलाइनको रुपमा गठित हामी नेपाली ग्लोबल विश्वका नेपालीहरुलाई जोड्ने साझा चौतारी पनि भएको दावी अध्यक्ष लामाको रहेको छ।
प्रकाशन मिति–२०७६ साल जेठ ३ गते शुक्रवार ।