काठमाडौं। धर्म, जाति तथा राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुको हितका लागि स्थापना भएको हामी नेपाली ग्लोबल बेल्जियम च्याप्टर गठन भएको छ। जुन १६ आइतवारका दिन बेल्जियममा आयोजित भव्य कार्यक्रम वीच बेल्जियम च्याप्टर गठन भएको हो।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा तथा कोषाध्यक्ष रविराज बज्राचार्य र बेल्जियमका लागि नेपाली कन्सुलर गीता लामाको प्रमुख आतिथ्यतामा हामी नेपाली ग्लोबलको बेल्जियम च्याप्टर गठन भएको बेल्जियमवाट प्राप्त समाचारमा उल्लेख रहेको छ।

बेल्जियममा रहेका जागरुक नेपाली किसन केसीको अध्यक्षतामा १९ सदस्य रहेको बेल्जियम च्याप्टर गठन गरिएको छ।

अमेरिकावाट बेल्जियम पुगेका हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले विश्वभरका नेपालीहरुलाई आपत विपत पर्दा नेपालीहरुले नै सहयोग गर्न सक्ने माध्यमका रुपमा हामी नेपाली ग्लोबल स्थापना भएको र हाललाई विश्वभरका ४० मुलुकमा यसको सञ्जाल रहेको बताएका छन्।

नेपाल वाहिर रहेर मातृभूमि नेपालका लागि आवश्यक सहयोग पनि हामी नेपाली ग्लोबलका सदस्यहरुले गर्दैआएको जानकारी पनि अध्यक्ष लामाले दिएका छन्।


प्रकाशन मिति–२०७६ साल असार १ गते आइतवार ।