काठमाडौं। जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुलाई जोड्ने महाअभियानमा लागिरहेको हामी नेपाली ग्लोबलको साउथ र नर्थ अमेरिकाको एम्बासडरमा राजा घलेलाई नियुक्त गरेको छ। नेपाली डायस्पोरास्थित नेपाली समुदायको विकासमा सक्रिय रहेकाले राजा घलेलाई सम्मान स्वरुप हामी नेपाली ग्लोबलको साउथ र नथ अमेरिकाको एम्बासडर पदमा नियुक्त गरिएको हो।

हामी नेपाली ग्लोबल राजा घले नेप्लिज एशोशिएसन इन साउथ इस्ट अमेरिका(नासा)का प्रथम अध्यक्ष ,एसियन प्यासिफिक अमेरिकन काउन्सिलका महासचिब प्रथम निर्वाचित नेपाली,अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रबाट एनआरएन आईसीसीमा निर्वाचित हुने प्रथम व्यक्ति र अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रका लागि नेपालका सदभावना दूत समेत हुन्।

हामी नेपाली ग्लोबलका साउथ–नर्थ अमेरिकाको एम्बासडर बन्न पाउंदा राजा घलेले अत्यन्त खुशी व्यक्त गरेका छन्। हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले राजा घलेजस्तो अमेरिकामा प्रभावशाली नेपालीलाई हामी नेपाली ग्लोबलको एम्बासडरको रुपमा पाउंदा गौरबता महशुश भएको भिजन संसार डटकमलाई प्रतिक्रिया दिएका छन्।
प्रकाशन मिति–२०७७ साल माघ ८ गते विहीवार ।