काठमाडौं। भाषा, जाति तथा धर्मभन्दा माथि रहेर नेपाल र नेपालीको लागि समर्पित नेपालीहरुको विश्वव्यापी संस्था हामी नेपाली ग्लोबलको अमेरिका शाखा गठन भएको छ।

हामी नेपाली ग्लोबलको अमेरिका शाखाको अध्यक्षमा इन्दिरा त्रिपाठी चयन भएकी छन्। एनआरएनए अमेरिकाको निर्वतमान महिला संयोजक बनेर नेपाल र नेपालीहरुको लागि सशक्त कार्य गर्न सफल इन्दिरा त्रिपाठी अध्यक्षमा चयन भएकी हुन्।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाका अनुसार, वाँकी पदाधिकारीहरुको आगामी नोभेम्वर महिनामा पदास्थापना हुने भएको छ। विश्वको गौरबशाली अमेरिकाको न्यूयोर्कमा स्थापना भएको हामी नेपाली ग्लोबलको चालिस भन्दा विश्वका राष्ट्रहरुमा विस्तार भैसकेको छ।

जुनसुकै राष्ट्रमा रहेका नेपालीहरुलाई कही कतै आपत–विपत पर्दा सहयोगी संस्थाको रुपमा क्रियाशील हामी नेपाली ग्लोबलले मातृभूमि नेपालको हितकारी कार्यहरुमा सदा क्रियाशील बन्दैआएको जानकारी पनि केन्द्रिय अध्यक्ष अमृत लामाले भनेका छन्।

अध्यक्ष लामाले नव–गठित हामी नेपाली ग्लोबल अमेरिका शाखाका अध्यक्ष इन्दिरा त्रिपाठीको सफल कार्यकालको लागि शुभकामना पनि व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७६ साल भदौ ३१ गते मंगलवार ।