Hawahuri 2काठमाडौ। आज सोमवार अचानक अपरान्ह ४ वजेतिर काठमाडौ उपत्यकामा हावाहुरी तथा बतासले काठमाडौको जनजीवनमा निक्कै प्रभाव पर्यो। हिडिरहेको मान्छे तथा गुडिरहेको बाइक र गाडीलाई समेत उडाउने किसिमले आएको हावा–हुरी तथा बतासले काठमाडौवासीलाई त्रसित नै बनाइदिएको थियो। हावा–हुरी तथा बतासको साथमा काठमाडौमा उडेको धुलोले सवैको आँखालाई निक्कै असर पारेको थियो।

Hawahuri 3ठाउं–ठाउंमा रुख तथा विजुलीका तार लचकिनु र तारका खम्वा समेत ढल्दा आपतकालिन अवस्था सिर्जना भएको थियो। रुख ढलेर तथा छनका जस्ता खसेर ९ जना घाइते भएको प्रहरीले जनाएको छ। त्रिचन्द्र क्याम्पस अगाडिको रुख कीर्तिपुर निवासी अन्जु डंगोल र रजनी डंगोल घाइते भएका छन्। स्वयम्भुको एक घरको छत खसेर एकजना घाइते बनेका छन्। पेप्सीकोला काँडाघारी स्थित सनसिटी अपार्टमेन्टवाट एउटा ट्याङ्गी खसेर गुडिरहेको ट्याक्समा लाग्दा ट्याक्सीको शिशा फुटेर एकजना घाइते भएका छन्। सीतापाइलामा भागदौड हुंदा लडेर ३५ बर्षिया विमला मगर घाइते भएकी छन्।

Hawahuri 4हावा–हुरी तथा बतासको साथमा भूकम्पको त्रासले पनि काठमाडौबासी आतिएर भागदौडमा देखिएका थिए। करिब ४५ मिनेट लामो हावा–हुरी तथा बतासमा ठूलै संकट तथा आपत आउने संकेत देखिएतापनि त्यस्तो डरलाग्दो घटना नभएको प्रहरीले बताएको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र १५ गते सोमवार ।