Siriya

काठमाडौ। हिंसाग्रस्त सिरियामा पुरुषको संख्यामा निक्कै कमी भएको छ। पुरुषको कमीले गर्दा विवाहयोग्य सिरियका ७० प्रतिशत महिलाहरु विवाह गर्नवाट बञ्चित हुने निश्चित जस्तो भएको छ।

यदि विवाह भएतापनि एक पुरुष बराबर चार महिला हुने देखिएको छ। सिरियाका एक अधिकारकर्मीका अनुसार यस अनुपातमा सिरियामा विवाह हुने हो भने, एक पुरुषको भागमा चार महिला हुने गर्दछन्। चार पत्नीका एक पति हुने देखिएको छ।

यसो हुनुको कारण लामो समयदेखि सिरिया युद्ध तथा हिंसाको चपेटामा पर्नु तथा धेरैजसो युवा जेलमा परिनु र कयौ विदेशिनु तथा मारिनु प्रमुख कारण देखिएको छ। (अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल माघ १४ गते शुक्रवार ।