Hitler sketch 1काठमाडौ । जर्मनीका तानाशाह एडोल्फ हिटलरले बनाएको भनिएको एउटा पेन्टिङ अर्थात चित्र १ लाख ६१ हजार अमेरिकी डलरमा बिक्री भएको छ। यो रकम नेपाली रुपैयाँमा तुलना गर्दा डेढ करोड रुपैयाँभन्दा धेरै हुन्छ।

सन् १९१४ मा बनेको जर्मनीको म्युनिख हलको चित्र एसियाकै खाडी क्षेत्रमा पर्ने देशका एक नागरिकले किनेका हुन्।चित्रको बिच भागमा ए हिटलर लेखिएको छ । खाडी मुलका नागरिक भनेपनि चित्र किन्नेको नाम र देश खुलाइएको छैन।

Hitler painting

यो चित्रलाई जमर्नकीका दुई वृद्ध दिदी बहिनीले लिलामीमा राखेका हुन् । यो चित्रलाई ती दिदी बहिनीका हजुर बाले सन् १९१६ मा किनेका थिए । चित्र पहिलो पटक खरिद गर्दाको बिल पनि लिलामीमा राखिएको थियो।
चित्रको लिलामीबाट आएको रकमको १० प्रतिशत रकम बालबालिकालाई प्रदान गरिने भनिएको छ। चित्रकलामा पनि शौख राख्ने हिटलरको कलालाई गुणस्तरीय मानिँदैन । सन् १९३३ देखि १९४५ सम्म जर्मनीमा शासन गरेका हिटलरकै कारण दोश्रो विश्वयुद्ध भएको थियो ।
(एजेन्सी)।
प्रकाशन मिति–२०७२ साल चैत्र ६ गते शनिवार ।