Manang Accidentलमजुङ। हिमालपारिको जिल्ला मनाङको चामे सडक अन्तर्गत तालबजारनजिकै जीप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्नपूर्ण पदमार्ग घुम्न आएका इजरायली नागरिक भेरिड यल्सर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी अरु ११ जना घाइते भएका छन्।

आइतबार साँझ लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ६०३४ नम्वरको जीप मनाङको नासोङ गाँउपालिकाअन्तर्गत ताल भन्ने स्थानमा दुर्घटना भएको थियो।

ताल प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक मनहरी थापा क्षेत्रीका अनुसार घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट लमजुङ ल्याउने तयारी गरिएको छ। जिपमा चालकसहित १२ जना रहेको प्रहरीले जनाएको छ।

तालबजार जाने बाटोको घुम्तीमा टर्निङ नपुग्दा जीप दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशन मिति–२०७४ साल २३ गते सोमवार ।