मुस्ताङ। हिमालपारिको जिल्ला मुस्ताङमा पहिलो पल्ट भएको मिस मुस्ताङमा अपेक्षा थकाली मिस मुस्ताङ बनेकी छन्।

थाक खेलकुद तथा सांस्कृतिक विकास संघले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा अपेक्षा थकाली बनेकी हुन्। प्रतियोगितामा नौ जना मात्र सहभागी थिए।

थासाङ गाउँपालिका–१ टुकुचेकी योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षीया अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरिएपछि निक्कै दंग बनेकी छन्। मुस्ताङलाई विश्वमा नै चिनाउने प्रयास रहने भनेकी छन्।
प्रकाशन मिति–२०७५ साल असोज ८ गते सोमवार ।