Humla ma Himpatकाठमाडौ। फागुनको दोश्रो हप्ता पुग्दा अपत्यारिलो तरिकाले यो बर्ष काठमाडौमा चाँडै गर्मी शुरु भैसकेको अवस्थामा हिमाली जिल्ला हुम्लामा भने हिमपात भएको छ।

हुम्लामा मंगलबार बिहानदेखि सुरु भएको हिमपातका कारण अत्यधिक जाडो बढेको छ। हुम्ला सदरमुकाम सिमिकोटमा व्यापक हिमपात भएको कारण तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरेको छ।

चिसोले गर्दा हुम्ला जिल्लाका उत्तरी भेग मुचु, लिमी, खगालगाउँ, हेप्कालगायत गाविसका बासिन्दा बढी प्रभावित भएका छन् । योसँगै यस वर्ष हुम्लालगायतका जिल्लाहरुमा पाँचौंपटक हिमपात भएको हो। हिमपातले हुम्लामा सर्वत्र असर परेको छ।
प्रकाशन मिति–२०७३ साल फागुन १० गते मंगलवार ।