काठमाडौ। चलचित्रमा हिरोइनसंग मज्जाले अंगालो मार्दै नाच्दै–गाउने हिरो आफै बास्तविक जीवनमा पनि गायक भएपछि सकिगो नि । मुलुक नै खाने भयो नि भन्ने जस्ता अनेक प्रतिक्रिया आउन थालेको छ–७ वटा नेपाली फिल्मका हिरो र ४५ वटा म्युजिक भिडियोका मोडल श्रीदेव भट्टराई गायक बनेर बबाल गरेपछि।

श्रीदेवले अपत्यारिलो तरीकाले गायनमा बबाल कमाल गर्न थालेका छन्। हिरो श्रीदेवको आवाजमा गुञ्जिएको “नजाउ न छोडी मलाई‘” गीतको म्यूजिक भिडियो भरखरै मात्र विश्व बजारमा एकसाथ रिलिज भएको छ। मल्टी ट्यालेन्टेड श्रीदेवका साथमा श्रृजना गुरुङ र उमेश भट्टराईले गीतको भिडियोमा दमदार अभिनय गरेका छन्।

भविन्द्र तामाङद्वारा निर्देशित यस म्यूजिक भिडियो “नजाउ न छोडी मलाई‘” गीतको संगीत स्वयम् गायक श्रीदेवले नै गरेका हुन्। गीत भने निर्मला शर्माको रहेको छ। श्रीदेवको आवाजमा तयार भएको यो पहिलो आधुनिक गीतको म्यूजिक भिडियोको सम्पूर्ण छायांकन कतारमा गरिएको हो भने यसमा म्यूजिक एरेञ्जर रहेको छ मनोज चौलागाईको।

प्रकाशन मिति–२०७४ साल माघ ६ गते शनिवार ।