Sadak ma Asar 15.Aकाठमाडौ। काठमाडौका भित्री तथा बाहिरी सडकहरु हिंड्नै नमिल्ने गरी हिलाम्मे बनेको छ। कतिपय सडकमा त असारे धान रोप्न नै मिल्ने गरी हिलो नै हिलो बन्ने गरेको छ। जसलेगर्दा त्यस्ता सडकमा मानिस हिंड्न अत्यन्त कठिन हुने गरेको छ। साथमा सवारी साधनलाई पनि धेरै समस्या पर्ने गरेको छ।

पानी पर्ने मौसममा नै काठमाडौका बाटोघाटो खन्ने र ढल मर्मत जस्ता कार्य गर्ने अनि समयमा पुरेर सडकलाई पिच नगर्ने परम्पराले यस्ता समस्या काठमाडौले हरेक बर्ष झेल्दैआएको पाइएको छ। बजेट सकाउन आर्थिक बर्षको अन्तमा आएर हतार हतार काम गर्ने परम्पराले सडक–बाटो विग्रेर हिलाम्मे बन्ने गरेको हो।

यसतर्फ संवन्धित निकाय तथा सरोकारवालाहरु थाहा पाएर पनि कानमा तेल हालेर बस्ने गरेकोले उनीहरुलाई सांकेतिक रुपमा व्यंग्य गर्ने भएपनि ठमेलका स्थानीयहरुले ठमेलको हिलाम्मे सडकमा नै विहीवार असार १५ गते दिन धान दिवस मनाइदिएका छन्। सडकमा धान रोपिदिएर हिलाम्मे सडक बनाउने निकायको सांकेतिक विरोध गरेका छन्।

खेतमा जस्तै अमृत क्याम्पसवाट ठमेल निस्कने हिलाम्मे सडकमा धान रोपेर स्थानीयले विरोध जनाउंदा बाटो हिंड्ने बटुवाहरु रमेते बनेका थिए। सरकार त्यहाँ उपस्थित देखिएन। सरकार मौन छन्। कर्मचारीतन्त्रको भ्रष्ट नीतिको कारण हरेक असार १५ गते यसरी नै स्थानीयहरुले सडकमा धान रोपाई गर्दा पनि सुधारको संकेत भने देखिएको पाइएको छैन्।

Sadak ma Asar 15प्रकाशन मिति–२०७४ साल असार १५ गते विहीवार ।