काठमाडौ। हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा उडान भर्ने क्रममा तारा एयरको नाइन एन एबीएम विमान दुर्घटना भएको छ। मंगलबार बिहान विमानको अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो।दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ।

दुर्घटनामा विमानका क्याप्टेन वसन्त लामासहित अमित गुरुङ र श्रेया श्रेष्ठ घाइते भएका छन्। त्यस्तै प्रहरी सहायक निरीक्षकद्वय चित्रबहादुर विष्ट र किशोर ऐरी, प्रहरी जवानद्वय यमप्रसाद दाहाल र हस्तबहादुर सिंह पनि घाइते भएका छन्। विमानमा चालक दलका तीन सदस्य र १३ यात्रु सवार थिए।

प्रकाशन मिति–२०७४ साल मंसीर १२ गते मंगलवार ।