काठमाडौ। चलचित्र पत्रकारिता दिवसको अवसरमा हेटौडामा दुईजना पत्रकार र दुईजना कलाकार सम्मानित बनेका छन्। सम्मानित बन्ने पत्रकारमा अग्रज चलचित्र पत्रकार डब्बु क्षेत्री र रामकुमार एलन रहेका छन्।

डब्बु क्षेत्रीलाई चलचित्र पत्रकारिता सम्मान तथा रामकुमार एलनलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। डब्बु क्षेत्रीलाई नगद ११ हजार १ सय ११ सहितको सम्मान र रामकुमार एलनलाई नगद ५ हजार सहितको चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

चलचित्र पत्रकार संघ नेपाल मकवानपुरव्दारा आयोजित सम्मान कार्यक्रममा नायिका नीता ढुंगाना र कलाकार सुशान्त श्रेष्ठलाई पनि सम्मानित गरिएको थियो। उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्य नेपाली कांग्रेस मकवानपुरका सभापति तथा प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले गरेका थिए। प्रकाशन मिति–२०७५ साल जेठ ९ गते बुधवार ।