काठमाडौं। हेभी इक्विपमेन्ट व्यवसायी महासंघको आयोजनामा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम संपन्न भएको छ। काठमाडौंको सोल्टीमोड स्थित दरबार ब्याङ्क्वीटमा आयोजित कार्यक्रममा शुभ–दीपावली पर्व तथा नेपाल संवत ११३९ नयाँ बर्ष र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान भएको हो।

कार्यक्रममा आयोजक हेभी इक्विपमेन्ट व्यवसायी महासंघको तर्फवाट नेपाल निर्माण व्यवसायी महासंघका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत तथा सम्मान गर्ने कार्य पनि भयो।

साथमा हेभी इक्विपमेन्ट व्यवसायी महासंघव्दारा प्रकाशित क्यालेण्डरमा योगदान दिने एक से एक कलाकारहरुलाई पनि सम्मान गरिएको थियो।

आयोजक महासंघका बरिष्ठ उपाध्यक्ष प्रेमलाल श्रेष्ठले स्वागत भाषण गरेका थिए भने, अध्यक्ष ताराबहादुर कुँवरको सभापतित्वमा कार्यक्रम भएको थियो।

प्रकाशन मिति–२०७५ साल कात्तिक १८ गते आइतवार ।