काठमाडौं। ढिलै विवाह गरेतापनि व्यापक चर्चा पाउन सफल १ नंबर प्रदेशका मुख्यमन्त्री शेरधन राई ससुरालाी गाउँमा पुगेपछि फेरि चर्चाको शिखरमा पुगेका छन्। मुख्यमन्त्री राई हेलिकप्टर चार्टड गरेर ससुराली गाउं पुगेको तस्बीर सार्वजनिक भएपछि फेरि चर्चाको शिखरमा पुगेका हुन।

मुख्यमन्त्री राई पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकास्थित सेदुवा र नोर्बुमा हेलिकप्टर नै चार्टड गरेर पुगेको इमेज खबरले उल्लेख गरेको छ।
मुख्यमन्त्री राईकी पत्नी शेर्पाले आफ्नो फेसबूकमार्फत् जन्मस्थल पुगेको फोटो सार्वजनिक गरेपछि हेलिकप्टर चार्टड गरेर त्यहाँ पुगेको खुलासा भएको हो ।

जन्मस्थल पुग्दा आफूलाई खुशी लागेको शेर्पाले फेसबुमा लेखेकी छन्–, ‘म त जन्मिएकी मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ, सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुशी लाग्यो ।’

शेर्पाले जन्मस्थानमा विद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता विकासका पूर्वाधारलगायतले जनतालाई जोड्न बाँकी रहेको उल्लेख गर्दै मुख्यमन्त्री पति राईको गराएकी छन्। ससुराली गाउंमा मुख्यमन्त्री राई तथा राई पत्नी शेर्पाको विशेष स्वागत तथा भव्य सम्मान गरिएको थियो।


प्रकाशन मिति–२०७७ साल चैत्र ३ गते मंगलवार ।