काठमाडौं। भारतीय फिल्मका चर्चित कोरियोग्राफर विष्णु देवाले बेलायतवाट निर्माण भएको नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’मा डान्स कोरियोग्राफी गरेका छन्। चाँडै नै रिलिज हुने क्रममा रहेको चलचित्र ‘हेल्लो जिन्दगी’का चार गीतमा कोरियोग्राफी गरेका हुन ।

यसअघि, बेलायतवाट नै निर्माण भएको नेपाली कथानक चलचित्र पासवर्डको एक गीतमा कोरियोग्राफी विष्णु देवाले गरेका थिए । उक्त गीतमा भारतीय ख्यातिप्राप्त अभिनेत्री सनी लियोनको अभिनय रहेको छ। महंगो लगानीमा निर्माण भएको चलचित्र पासवर्ड जस्तै अर्को चलचित्र हेल्लो जिन्दगीमा कोरियोग्राफी गर्दा अत्यन्त खुशी लागेको भिजन संसार डटकमको गौरबमय प्रस्तुति भिजन संसार च्यानलसंगको कुराकानीमा बताएका छन्।

त्यस्तै, चलचित्र हेलो जिन्दगीमा बेलायतमा अत्यन्त कृयाशिल नृत्याङ्गना बिभिया श्रेष्ठको पनि डान्स  रहेको छ। बेलायतका सामर्थक कलाकारहरुलाई पनि प्राथमिकता दिने क्रममा बिभिया श्रेष्ठलाई अडिशनबाटै नियुक्त गरेको जानकारी नायक बिक्रम जोशीले भिजन संसार डटकमलाई दिएका छन्।

विष्णु देवाको कोरियोग्राफी रहेको नेपाली कथानक ‘हेल्लो जिन्दगी’ को रिलिज डेट आगामी चैत्र ११ गते अर्थात् २५ मार्च, २०२२ मा पक्का भएको छ । उक्त मितिमा नेपालभर प्रदर्शनमा आउने तय भएको जानकारी पनि निर्देशक एभरेष्ट सूर्य बोहराले दिएका छन्।

सत्य घटनामा आधारित सामाजिक कथामा आधारित चलचित्र ‘हेल्लो जिन्दगी’मा प्रभावशाली अभिनेता बिक्रम डि.जोशीको लिडिङ रोल रहेको छ। साथमा प्रियंका कार्की, दीपीका प्रसाईं, एभरेष्ट सूर्य बोहरा, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तलगायतका कलाकारले अभिनय गरेका छन् ।

बेलायत र नेपालमा छायांकन भएको ‘हेल्लो जिन्दगी’ को निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् । सिर्जना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छन्। कथा निर्देशक बोहरा र बिक्रम डि जोशीको हो भने पटकथा र सम्वादमा निर्देशक बोहरालाई अभिमन्यु निरवीले साथ दिएका छन् ।

निर्देशक बोहराकै शब्द रहेको ‘हेल्लो जिन्दगी’मा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल,प्रताप दास,प्रबिशा अधिकारी,एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेका गीतमा बिष्णु देवाको कोरियोग्राफी छ । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको डिजिटल राइटस् ओएसआर डिजिटलले लिएको हो।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ को सहनिर्मातामा सबिता गुरुङ छिन् भने डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि. गुरुङको सम्पादन रहेको छ । चलचित्रको सहायक निर्देशकमा मार्लोभ ढुंगाना र सीमा गुरुङ अनि मुख्य सहायक निर्देशमा सुदीप कुँवर र एलिस अधिकारी छन् ।

प्रकाशन मिति–२०७८ साल पुस १५ गते विहीवार ।