काठमाडौं। बेलायतवाट निर्मित नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’ को ट्रेलर सार्वजनीक गरिएको छ । चैत्र ११ गते (मार्च २५) प्रदर्शन हुने चलचित्र ‘हेल्लो जिन्दगी’ को सवा दुई मिनेट लामो लभ,रोमान्स,एक्शन,कमेडी र सेन्टिमेन्ट्सको ‘प्याकेज’ मा नै ट्रेलर रिलिज भएको हो ।

एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा अभिनेता बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत र निर्देशक बोहरा स्वयम् प्रस्तुत छन । सत्य घटनाबाट प्रभावित चलचित्र ‘हेल्लो जिन्दगी’को अधिकांश छायांकन बेलायत गरिएको हो।

महंगो बजेटमा निर्माण भएको फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन्। महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन्।

निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा र निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा,सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचका हुन् । राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको फिल्मको गीतकार पनि निर्देशक बोहरा स्वयम् हुन्। कोरियोग्राफी भारतीय फिल्मका चर्चित कोरियोग्राफर बिष्णु देवाले गरेका छन्।

अत्याधीक भिएफएक्स प्रबिधिको उपयोग गरिएको फिल्ममा बिक्रम डि जोशी, प्रियंका कार्की,दीपीका प्रसार्इँ,विल्सन बिक्रम राई,एभरेष्ट सूर्य बोहरा,बिक्रान्त बस्नेतका साथमा सबिता गुरुङ,सनमकुमार बैराग,जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तलगायतको अभिनय छ।

आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको सहायक निर्देशनमा मार्लाेभ ढुंगाना र सीमा गुरुङ छन् भने मुख्य सहायक निर्देशक सुदीप कुँवर र एलिस अधिकारी हुन्। सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहेको फिल्मको सम्पादन मित्र डि.गुरुङले गरेका हुन।

प्रकाशन मिति–२०७८ साल फागुन १७ गते मंगलवार ।