काठमाडौं। बेलायतवाट निर्मित नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’ भारतको गान्तोकमा पुरस्कृत भएको छ। ‘हेल्लो जिन्दगी’ले भारतको गान्तोकमा हालै सम्पन्न गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभलमा क्रिटिक्स च्वाइस अवार्डवाट पुरस्कृत भएको हो।

१६ औं संस्करणको फेस्टिभलमा ‘हेल्लो जिन्दगी’सहित अन्य देशका फिल्म प्रतिस्पर्धामा थिए । जसमध्ये ‘हेल्लो जिन्दगी’ले न्यारेटिभ फिचर फिल्म विधा अन्तर्गत अवार्ड जितेको निर्माण कंपनीले जनाएको छ।

रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोसन पिक्चर्सको आयोजनामा सन् २०२१ देखि मासिक रुपमा हुँदै आइरहेको फेस्टिभलमा ‘हेल्लो जिन्दगी’ अवार्ड जित्दा अत्यन्त खुशी लागेको चलचित्र ‘हेल्लो जिन्दगी’का ब्लक बस्टर नायक विक्रम जोशीको भनाई छ।

गत चैत १८ गतेवाट नेपालभर प्रदर्शन भएको चलचित्र ‘हेल्लो जिन्दगी’ विक्रम जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विक्रान्त बस्नेत, विल्सनविक्रम राई, सनम कुमार बैराग, सविता गुरुङ लगायतकाको विशेष अभिनय रहेको छ। निर्देशन एभरेष्ट सूर्य बोहराको छ।

प्रकाशन मिति–२०७९ साल असार ६ गते सोमवार ।