काठमाडौं। नेपाल र नेपाल बाहिर हिन्दु नारीमा यतिबेला तीजको रौनकता गजबैले छाएको छ। मेहन्दी लगाउने, किनमेल गर्नेमात्र नभएर तीज गीत, संगीतलाई पनि त्यतिकै महत्वकासाथ लिने गरेको पाईन्छ।

पहिले पहिले तीज गीतको अडियो बजाएर मनाउने चेलीहरु हाल म्यूजिक भिडियोमा रमाउन थालिसकेका छन्। हालै सार्वजनिक मौलिक तीज गीत यतिबेला चर्चामा रहेको छ। राजकुमार महर्जन निर्माता रहेको ‘हे शिवजी शक्ति देउन……’ बोलको गीत गायिकाव्दय रुचि घिमिरे र सुजता केसीको स्वरमा सजिएको छ।

गीत मात्र होइन, गीतको भिडियोलाई दर्शकले रुचाएका छन् । जसका कारण यस गीतको म्युजिक भिडियो अहिले निकै चर्चामा रहेको छ। तीज गीतमा छाडापन आइरहेका बेला यो गीतले दर्शक स्रोताको लागि नयाँपन दिएको अनुमान गरिएको छ। ह्वाइट पिगन मिडियाले बजार व्यवस्थापन सम्हालेको भिडियोलाई दीपक रमणले निर्देशन गरेका हुन् भने संगीत पनि रमणकै रहेको छ।


प्रकाशन मिति–२०७५ साल भदौ ९ गते शनिवार ।