Naxal Road 1

काठमाडौ। काठमाडौको नक्सालमा जगदम्बा हस्पिटालिटीले निर्माण थालनी गरेको ‘ट्री हिल्टन होटल’को जग खन्ने क्रममा स्थानीयलाई परेको प्रभावका विषयमा नेपालको व्यवस्थापिका संसदमा छलफल भएको छ । संसदको सुशासन तथा अनुगमन समितिमा उक्त विषयमा छलफल भएको हो।

जग खन्ने क्रममा पहिले सडक भासियो, अहिले स्थानीयका घर चर्किन थालेको छ। जमिन सतह गहिरो बनाउनु नियति हो कि भवितव्य, आफूलाई चाहिने जग्गा सहजै प्राप्त गर्न नसकेपछि, होटलले जानीजानी खाडल गहिरो बनाएको आरोप स्थानीयले लगाएका छन् । प्राविधिक र अनुगमनको जिम्मेवारी पाएका निकायले उत्तर दिनुप¥यो भन्ने बैठकमा सांसद्को माग थियो ।

Naxal Road 3

माग गर्ने सासंदमा उदयनेपाली श्रेष्ठ, अकबर शाह, जनकराज जोशी, मिलन राजवंशीलगायत थिए । बैठकमा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले यसप्रकारको घटना पहिलो नभएको जनाउँदै भवन ऐन संशोधन आफ्नो प्राथमिकतामा रहेको बताए। बैठकमा उपत्यका विकास प्राधिकरणका आयुक्त डा भाइकाजी तिवारीले होटललाई वेसमेन्टमा दुई तलाको प्रारम्भिक स्वीकृति दिएको खुलासा गरेका छन्।

काठमाडौ महानगर पालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले होटलले भवन निर्माण अनुमति लिन अन्य निकायको सिफारिसमा दिएको निवेदनका विषयमा सार्वजनिक सूचना प्रकाशित गर्दा गुनासो नआएको, मुचुल्का उठाउँदा सङ्घीयारबाट हुन्न नभनेकाले स्वीकृति दिएको जनाउँदै, स्थानीय मर्का व्यवस्थापन गर्न आफू तत्पर रहेको भनेका छन्। उठेका सवालमाथि जवाफ दिने क्रममा सडक विभागका उपनिर्देशक रवीन्द्रनाथ श्रेष्ठले डिजाइन त्रुटिकै कारण समस्या आएको स्पष्ट पारेका छन्।

Naxal Road 2प्रकाशन मिति–२०७३ साल माघ २८ गते शुक्रबार ।