काठमाडौं। धादिङको गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा बसको ठक्करबाट बुधबार मृत्यु भएकी नेपाली चलचित्रकी होनहार नायिका महिमा सिलवालको विहिवार देवघाटमा अन्त्यष्टी गरिएको छ।

अन्त्यष्टीको क्रममा नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष नवल खड्काले महिमाको पार्थिव शरीरमा संघको झण्डा ओढाएर श्रदाञ्जली दिएका थिए। भरतपुर महानगरपालिका–१३ गीतानगर निवासी नायिका सिलवालको बसको ठक्करबाट निधन भएको हो।

बसले सिलवाल सवार बा ९८ प ७०५८ नंबरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा महिमाकी बहिनी शर्मिला सिलवालको समेत निधन भएको थियो। बहिनीको ‘इन्गेजमेन्ट’का लागि काठमाडौंवाट चितवन स्कुटरवाट जाँदैगर्दा भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नंको बसको ठक्करबाट सिलवाल दिदीबहिनीको निधन भएको हो।
प्रकाशन मिति–२०७६ साल फागुन २ गते शुक्रवार।