Holi Traffic Cheking 1काठमाडौ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होली मनाउनेक्रममा उच्छृंखल गतिविधि गर्ने दुई सयजनाभन्दा बढीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

Holi Traffic Cheking 3

त्यसैगरी, ट्राफिक नियम उल्लंघन गर्ने १७ सय ३८ भन्दा बढी सवारी–साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। ट्राफिक नियम उल्लंघन गर्नेमा अधिकांश मादकपदार्थ सेवन गरी सवारी चलाउने, हेलमेट नलगाउने र सवारीचालक अनुमतिपत्र बिना चलाउनेहरु रहेका जनाइएको छ। उनीहरुलाई आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरी महाशाखामा राखिएको छ।मंगलबार दिनभर उपत्यकाका ५५ स्थानमा चेकजाँच राखिएको थियो।

प्रकाशन मिति–२०७२ साल चैत्र ९ गते मंगलवार ।