काठमाडौ। रंगहरुको उत्सव रंगीन पर्व फागु अर्थात होली पर्व सदभावको पर्वको रुपमा लिइन्छ्। यस पर्वमा आपसी भाइचारा बढाउनको लागि मिलीजुली खेल्ने र खेलाउने गरिन्छ।

यस क्रममा यो बर्षको होली पर्वमा नेपाली चलचित्रका कलाकारहरुले पनि आपसी मेल–मिलापलाई निरन्तरता दिदै होली मनाएका छन्। नेपालका सुपरस्टार भुवन केसीले चर्चित स्टार सुपुत्र अनमोल केसी र नायिका जिया केसीसंग रमाएर मनाएका छन्।

एक्सन हिरो निखिल उप्रेतीले पत्नी नायिका संचिता लुइंटेल र छोरा–छोरीका साथमा रमाइलो गरेर होली जमाएका छन्। हाँस्य क्षेत्रका अनुपम जोडी दीपकराज गिरी र दीपाश्री निरौला पनि होलीमा निस्फिक्री रमाए। एकजमानाकी नंबरी हिरोइन रेखा थापाले पनि मज्जाले होली मनाएकी छन्।

प्रकाशन मिति–२०७४ साल फागुन १७ गते विहीवार ।