Mahesh Dhakal press meet 1काठमाडौ। हस्पिटालिटी फाउण्डेसन अफ नेपालले नेपालको पर्यटन र सत्कार उद्योग क्षेत्रमा विगत ५ बर्षदेखि विभिन्न प्रकारका व्यवस्थापन, परामर्श, तालिम लगायतका कार्यहरु गर्दै आएको छ।

मंगलवार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा हस्पिटालिटी फाउण्डेसन अफ नेपालका अध्यक्ष महेशराज ढकालले केही बर्षयता फाउण्डेसनले नेपाली खानाको प्रवद्र्धन गर्ने कार्य गर्दैआएको पनि बताएका छन्।

करिब एक दर्जन हस्पिटालिटी इभेन्टहरु गरिसकेको प्रवन्ध–निर्देशक राजु भट्टले भनेका छन्। यसको अलावा A complete, One And Only Hospitality Consultancy in Nepal नाराकासाथ फाउण्डेसनले होटल, रेष्टुरेन्ट, बार, रिसोर्ट, होमस्टे आदिमा विभिन्न किसिमका तालिम सञ्चालन गर्दै नेपालको हस्पिटालिटी उद्योगलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन विभिन्न प्रयास भैरहेको पनि अध्यक्ष ढकालले जानकारी दिएका छन्।

Mahesh Dhakal press meet 2

फाउण्डेसनले कृषि, ऊर्जा, पर्यटन विकासको प्रवद्र्धनका लागि नेशनल अपलिफ्टमेन्ट नामक मासिक पत्रिका प्रकाशन गर्दैआइरहेको उल्लेख गर्दै प्रवन्ध निर्देशक भट्टले नेपालीहरुको महान पर्व होलीको अवसरमा होलीलाई विशेष बनाउन यही फागुन २७, २८ र २९ गते तीन दिन Gastronomy Modern Nepali Food Fest इभेन्ट प्रोग्राम काठमाडौको सामाखुशी रेडहनपुल स्थित सम्राट गार्डेन रेष्टुरेन्टमा हुने जानकारी दिएका छन्।

उक्त इभेन्टमा विश्वप्रसिद्ध नेपालका नामी सेफ महेशराज ढकाल र ग्यास्ट्रोनोमी टुरिजम अभियानकर्ता सुरेशचन्द्र बस्नेत सहितको टोलीले नेपाली खानालाई आफ्नै स्वादमा आधुनिक तरिकाले प्रस्तुत गर्ने भएका छन्। जसवाट नेपाली खाना तथा स्वादलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन मदत मिल्ने आयोजक फाउण्डेसनले विश्वास लिएको छ।
प्रकाशन मिति–२०७३ साल फागुन २४ गते मंगलवार ।