काठमाडौ। रंगहरुको पर्व होलीमा अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले विशेष सतर्कता अपनाएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै काठमाडौंमा उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।

Holi Cheking.2काठमाडौं उपत्यकामा मात्र होलीका लागि थप तीन हजार प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयले भनेको छ । काठमाडौ उपत्यकाका करिब ४ सय ठाउँमा सुरक्षा जाँचको व्यवस्था गरिएको छ । सुरक्षा जाँचमा बर्दिधारी प्रहरी र ट्राफिक प्रहरी सहभागी भएका छन् । त्यसैगरी ठूलो संख्यामा सादा पोशाकका प्रहरीसमेत परिचालन गरिएको छ।

Holi Cheking

होलीमा जबरजस्ती गरे तत्काल प्रहरीको हटलाइनमा फोन गर्नसमेत प्रहरीले आग्रह गरेको छ । होलीका दिन दिउँसै मापसे चेकिङसमेत भइरहेको छ । मादक पदार्थ सेवन गरी जथाभावी सवारी साधन गुडाउनेहरुमाथि निगरानी बढाउँदै चेकिङमा कडाई गरिएको प्रहरीले जनाएको छ।

Holi Cheking.1होलीमा जबरजस्ती लोला हान्ने, पानी फाल्ने तथा रंग लगाई दिनेलाई पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रहरीले जनाएको छ। सार्वजनिक मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । तर, यस पटक प्रहरीले २५ हजार रुपैयाँ जरिवाना तोकेको छ।

प्रकाशन मिति–२०७३ साल फागुन २९ गते आइतवार ।