काठमाडौं। होली पर्वको पूर्वसन्ध्यामा होली गीत तयार भएको छ। होली हसना बोलको होली पर्वको उत्सवमय गीतको म्युजिक भिडियो समेत निर्माण भएको हो।

केही दिनअघि मात्र गायिका हसना शाक्यको गायन रहेको यो होलिमय गीतको रोमाञ्चकारी रंगमय गीतको भिडियोको छायाँकन भएको छ। जसको निर्देशन नेपालका ख्यातिप्राप्त नृत्य निर्देशक भुवन श्रेष्ठले गरेका हुन्। कोरियोग्राफी भने रवि राना मगरको रहेको छ।

नेपालभाषा चलचित्रका सुपरस्टार रुपेन्द्र श्रेष्ठ र नायिका भिन्तुना जोशीको गजबको अभिनय भएको यस गीतको भिडियो छायांकन क्रममा ड्रोन क्यामेराको पनि प्रयोग भएको थियो।

ड्रोन क्यामेराले नायक–नायिकाका अभिनयलाई बडा मज्जाले क्याप्चर गरिएको र होलीको रंगलाई अझ रोमान्टिक बनाउन आफूले भरमग्दूर कोशिश गरेको जानकारी निर्देशक भुवन श्रेष्ठले भिजन संसार डटकमलाई भनेका छन्।

यस गीत सौभाग्य एल्बममा संग्रहित रहेको छ। होलीकै दिन नै यस गीतलाई रिलिज गरिने भएको छ।

https://www.youtube.com/watch?v=-tyVYpXVYBQ&feature=share

प्रकाशन मिति–२०७५ साल फागुन २९ गते विहीवार ।